मंसिर २० , काठमाडौँ । नगरभित्र सञ्चालनमा
रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै काठमाडौँ महानगरपालिकाले ती
पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ ।
आज सार्वजनिक
सूचना जारी गर्दै कामपा स्वास्थ्य विभागले सो समय दिएको हो ।
विभागद्वारा
जारी विज्ञप्तिमा भनिएको छ, ‘औषधि
व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, अनधिकृत व्यक्तिबाट औषधि बिक्री
वितरण भइरहेको, चिकित्सकको
‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको
पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ ।’
कामपा
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन
भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको
कारबाही गर्नेछ ।
- न्युज बहार संवाददाता