असोज ८, काठमाडौँ । देशभर डेंगीका बिरामीको संख्या बढेको छ।
देशका
विभिन्न जिल्लासहित काठमौवमा पनि दिन प्रतिदिन डेंगीका बिरामीको संख्या बढ्दो क्रममा
छ । काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग
अस्पतालको आकस्मिक कक्षमा असोज सुरू भएयता
डेंगीका
बिरामीको संख्या बढ्दै गएको छ।
अस्पतालमा
१० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको आकस्मिक कक्षका इन्चार्ज
भालेश्वर यादवले जनाएका छन ।
‘असोज १ गते देखि ६ गते सम्म
मात्र अकस्मिक कक्षमा १०१ जना भर्ना भएका छन । गएको पुसयता ११ हजार ५४५ जना डेंगीको
संक्रमण देखिएको छ भने डेंगीको कारण ६ जनाको मृत्यु पनि भइसकेको छ ।
- न्युज बहार संवाददाता