Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेवा खानुका फाइदाहरु

  •   २ वर्ष अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमडौँ । अहिले सजिनमा पाइने फलफुल मध्ये मेवा पनि एक हो । गर्मीमा मेवा खानु निकै फाइदाजनक हुन्छ । मेवा प्रशस्त मात्रामा फाइबर इन्छ र यसमा प्यापेन नामक इन्जाइम पनि रहेको हुन्छ । 

मेवाले हाम्रो पेट सफा गर्न मद्दत गर्दछ । यसले शरीरमा जम्मा भएर बसेको बोसो घटाउन पनि मद्दत गर्छ । मेवाले कलेजो सफा गर्न निकै प्रभावकारी हुन्छ । यसले कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा एकदमै अचुक खाना मानिन्छ । मेवाले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिने काम गर्छ ।

अर्को तर्फ जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक हुन्छ । मेवामा हुने त्यस्ता धेरै तत्त्वहरूले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्न मद्दत गर्छन र यसले शरीरमा जन्डिसको जोखिम कम गर्छन । 

मेवा खानाले हाम्रो पाचन शक्ति बढ्ने र पेटसँग सम्बन्धित धेरै समस्याहरू हटेर जाने हुन्छ । हरेक मौसममा मेवा खाँदा स्वास्थ्य फाइदा नै हुन्छ । 

  • सृजना प्याकुरेल

थप