Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पशुपतिनाथ मन्दिर क्षेत्रमा मदिरा, मासु र नसालु पदार्थ निषेध

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मदिरा, मासु र नसालु पदार्थ निषेध गरिएको छ।

काठमाडौँ प्रशासनले आउँदै गरेको बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै पशुपतिनाथको चार किल्ला तोकेर आज (मंसिर २१) देखि मंसिर २७ गतेसम्म मदिरा, मासु र नसालु पदार्थ निषेध गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क - उमाकुण्ड - गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध हो।  

जारी गरिएको सुचनामा बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत साँस्कृतिक, धार्मिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ  उत्पादन, ओसारपसार, बेचबिखन, भण्डारण र सेवन समेत गर्न नपाउने बताइएको छ ।

 

  • न्युज बहार संवाददाता

थप