Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७ हजार छ सय ९१ किशोरीलाई एचपिभी खोप लगाइदै

  •   २ वर्ष अघि | १ माघ २०८१, मङ्लबार

माघ १, भक्तपुर । पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप भक्तपुर जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई लगाइने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार देशभर सरकारले आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा पनि १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने छ ।

भक्तपुरका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२,सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ र मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन किशोरीलाई एचपिभी खोप लगाइने छ ।

विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ र कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र किशोरीलाई खोप लगाइने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप