कात्तिक
१६, काठमाडौँ । आज यमपञ्चक अर्थात् तिहारको औँसीको दिन हो। नेपाल पञ्चाङ्ग
निर्णायक विकास समितिले आज औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको जनाएको
छ ।
औँसीको
बेलुकी गरिने गरिने लक्ष्मीपूजा बिहीबार नै बेलुका गरिएको छ भने भोली शनिबार औँसीसहित कार्तिक शुक्ल
प्रतिपदा भएका दिन गरिने गाई पूजा परेको समितिले जनाएको छ ।
आज
नेपालको कतिपय ठाउँमा गाईपुजा गरिने गरियता पनि तिथीका अनुसार तिहारका अवसरमा
गरिने गाई पूजा भने भोली शनिबार नै गर्नुपर्ने छ । यसैले आज शुक्रबार तिहारको केही
पर्व नरहेकोले गाईतिहार पनि शनिबार नै मनाइनेछ ।
समितिले
तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्ति अनुसार आज तिहारको कुनै पर्व नपरे पनि
औँसी आफैँमा पर्व रहेको छ । प्रत्येक महिनाको औँसीलाई पर्व नै मानिन्छ त्यसैले
औँसीमा विशेषगरी पितृकर्म हुने गरेको छ ।
समितिका
अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय
भएको आजको दिन कुनै पर्व नपरेको जानकारी दिएका छन । उनका अनुसार तिथिका
आधारमा केही वर्षका अन्तरालमा यस्तो संरचना हुने गरेको छ ।
- न्युज बहार संवाददाता