बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी
सम्मेलन सुरु हुँदैछ । यस लगानी सम्मेलनको उदेश।य भनेको प्रत्यक्ष वैदेशिक लगानी
भित्र्याएर कलकारखाना, उद्योगधन्दा
स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्नु हो ।
यस सम्मेलनको
उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन ।
सम्मेलनमा
९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँने र ५५ भन्दा बढी देशका १
हजार ६ सय लगानीकर्ताले भाग लिने नेपाल लगानी बोर्डले जनाएको छ ।
नेपाल
लगानी बोर्डका अनुसार सम्मेलनस्थलमा लगानीका निम्ति प्रस्तुत गरिने
परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष राखिने र १९ वटा
परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ।
- न्युज बहार संवाददाता