साउन ११, काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा रहेको उक्त गीतमा हर्क साउदको शब्द र एसडी योगीकै सङ्गीत रहेको छ ।
यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मिरुना मगर,
केकी
अधिकारी, गौरव
पहाडी लगायतलाई फिचर्ड गरिएको छ ।
गीतमा प्रेममा
रहेका प्रेमिल जोडीहरूको कथा छन् । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्म भदौ ६
गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ भने फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर लगायतका
कलाकारहरूको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता