बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट
इण्डिज ए ले घरेलु टिम नेपाललाई १० रनले पराजित गरेको छ । आजको खेलको नतिजासँगै पाँच
खेलको टी-२० सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।
नेपालले १६१
रनको लक्ष्य पछ्याएकोमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन
सफल भयो ।
नेपालका
लागि कप्तान रोहित पौडेलले नट आउट रहँदै ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रन
बनाएका हुन।
- न्युज बहार संवाददाता