Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

नेप्सेमा हरियाली, कारोबार रकम पनि बृद्धी

  •   २ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से र कारोबार रकम दुबै बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १४.३३ अंक(०.७२ प्रतिशत)ले बढेर १९८०.२७ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ । यस दिन ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ भने कारोबारमा आएको रिभरफल्स पावरको शेयरमूल्य सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको यस दिन १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक ३.९८ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। आज ०.३४ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप