असोज १३, काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको अर्को बस बारेमा थप जानकारी प्राप्त भएको छ । उक्त बस गोरखाबाट आएको पुष्टि भएको हो ।
गोरखाको
लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको ना ४ ख२२७० नम्बरको बसमा चार जना सवार रहेको र
काठमाडौँ जाँदै गर्दा बस सम्पर्कविहीन
भएको थियो । बसमा चार जना सवार रहेकोमा तीन जनाको शव फेला परेको छ ।
झ्याप्ले
खोलामा पहिरोले पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आएको सोही नम्बरको बस र बस
भित्रबा तिन जनाको शव भेटिएको हो ।
- न्युज बहार संवाददाता