असार ४, काठमाडौँ। साताको दोस्रो कारोबार दिन अर्थात आज सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ।
लगातार ९ दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन आएको अनुमान गर्न सकिन्छ।
आज नेप्से परिसूचक २.९४ अंकले घेटर २०९१.३९ बन्द भएको छ। यो नेप्सेमा सामान्य ०.१४ प्रतिशतको घटाई हो।
अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन कारोबार
रकम ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ पुगेको छ।
सोमबार ४
वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबै भन्दा धेरै
गुमाउनेमा युनिक नेपाल लघुबित्तकम्पनि रहेको छ।
आज सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
- न्युज बहार संवाददाता