चैत ९, काठमाडौं । ऊर्जा व्यवसायी गुरूप्रसाद न्यौपानेविरुद्ध नेपाल धितोपत्र बोर्डले मुद्दा दायर गरेको छ । बोर्डले न्यौपानेविरूद्ध धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।
यही चैत ८ गते काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलकको कार्यलयले न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयले गुरु न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको भन्दै मुद्दा दायर गरेको छ ।
नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले अवैध रुपमा सेयर कारोबार गरी लाभ लिएको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा नै दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो।
- न्युज बहार संवाददाता