जेठ २१, काठमाडौँ । प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति भएको छ।
अर्थ मन्त्रालय र लगानीकर्ता समुहबिच सहमति भएसँगै सेयर कारोबार पनि खुलेको छ। आज पूँजीगत लाभकरमा असन्तुष्ट सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए ।
छलफलपछी अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने जनाएको छ ।
- न्युज बहार संवाददाता