माघ
१४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.३७ अंक (०.४९
प्ररतिशत)ले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको छ।
यस
दिन नेप्से परिसुचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३०६ स्टकको १ लाख
पटकको कारोबारमा ३ अबए ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार
कित्ता शेयर खरिदबिक्री भएको छ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ। यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत, मिड सोलु हाइड्रोपावर र
सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन
चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ।
यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स
शीर्ष स्थानमा रहेको छ।
यस दिन १३ उपसमूहमध्ये
४ उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ । यस दिन १
प्रतिशतभन्दा बढी विकास बैंक, जलविद्युत र अन्य
उपसमूहको परिसूचक बढेको छ भने करिब १ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको
छ।
- न्युज बहार संवाददाता