साउन ३०,
काठमाडौँ । नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने प्रधानमन्त्री
केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले आज ललितपुरमा आयोजित डिजिटल
फ्रेमवर्क, २०२५ लाई
सम्बोधन गर्दै नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि
सरकारले निगरानी बढाइरहेको बताएका छन ।
प्रधानमन्त्रीका
अनुसार नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्छ । सरकारले मेटा
लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको छ तर अहिलेसम्म
दर्तामा ल्याउन सकेको भने छैन ।
- न्युज बहार संवाददाता