Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

२१.२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब माथी

  •   १ हप्ता अघि | २३ असार २०८१, आइतवार

असार २३, काठमाडौँ । नेप्से परिसूचक आज आइतबार साताको पहिलो कारोबार दिन बढेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक २१.२७ अंक(१.०० प्रतिशत)ले बढेर २१४०.९७ विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३२५ स्टकको ८० हजार ८३८ पटकको कारोबारमा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार सर्वाधिक ५.२५ प्रतिशतले सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य बढेको छ भने यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक २.९६ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ । कारोबारमा आएको व्यापार र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप